दक्षिण कोरिया- सायन संवाद तथा रचना वाचन कार्यक्रम कोरियाको थेगुमा आइतबार सम्पन्न भएको छ।
नेपाली साहित्य समाज दक्षिण कोरियाले आयोजना गरेको उक्त कार्यक्रममा ‘छुटेका अनुहार’ निबन्ध र ‘भागेर भूगोलभरि’ कवितासंग्रहका लेखक रमेश सायनसँग अन्तरसंवाद गरिएको थियो।
कार्यक्रममा साहित्यकार सायनको नयाँ कृति ‘छुटेका अनुहार’का विषयमा यहाँका पाठक र लेखकहरुले जिज्ञासा राखेका थिए।
लेखक सायनले आफू कोरियामा श्रम गर्दाका बखत नै उक्त निबन्ध लेखेको र त्यो तीन वर्ष जीवनको महत्वपूर्ण अनुभव रहेको बताए।
अन्तरसंवादलाई विष्णु वाग्ले, कवि बोनम प्रताप र गणेश पौड्यालले सहजीकरण गरेका थिए। कार्यक्रममा उपस्थित कोरियामा रहेका साहित्यकारहरुले आफ्ना रचना वाचन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।