काठमाडौं- राष्ट्रिय जनता पार्टी सम्बद्ध तराई मधेस स्वयंसेवक संघका केन्द्रीय अध्यक्ष अजय पट्टेल, महासचिव अनिल कुशवाहासहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
युवा नेताहरुलाई मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबीर लगाएर पार्टी प्रवेश गराए।
माओवादीमा प्रवेश गर्दै पट्टेलले राजपाले मधेसका मुद्दा सत्ता स्वार्थसँग साटेको र मधेसी जनतालाई आन्दोलनका नाममा धोका दिएकाले आफूले पार्टी छोडेको बताए।
कार्यक्रममा अध्यक्ष दाहालले मधेसी जनताले क्रमशः माओवादी केन्द्र नै देशको एकता, आर्थिक समृद्धि र मधेसको अधिकारका पक्षमा लड्ने पार्टी भएको बुझ्दै गएको बताए।
नवप्रवेशीलाई सम्बोधन गर्दै दाहालले भने, 'तपाईंहरुको माओवादी प्रवेशले राष्ट्रिय एकता बलियो बनाउन र परिवर्तनको पक्षमा अघि बढ्न थप बल मिलेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।