काठमाडौं- विवेकशील साझा पार्टीबाट अलग्गिएकी नेतृ रञ्जु दर्शनाले आफू र विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रलाई जोडेर आएका समाचारको खण्डन गर्दै ती अनलाइन मिडियाविरुद्ध उजुरी दिएकी छन्।
पार्टी फुटेपछि केही अनलाइनले 'मिश्रले रञ्जुलाई बलात्कार प्रयास गरेको' आसयका समाचार प्रकाशन गरेका थिए। उनले ती समाचार प्रकाशन गर्ने ५ वटा अनलाइनविरुद्ध साइबर क्राइम अन्तर्गत महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंमा आज उजुरी दिएकी हुन्।
गएको शुक्रबार विवेकशील साझाका संयोजक उज्जल थापासहित १६ जनाले छुट्टै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।