• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

म्यानपावर अनुगमनमा सरकार निरीह, १० वर्षमा १ सय ४६ कम्पनीमा मात्रै अनुगमन

वैदेशिक राेजगारीमा बढ्दैछ ठगी
64x64
नेपाल लाइभ आइतबार, पुस २९, २०७५  १३:२१
1140x725

काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा कामदार पठाउँदै आएका म्यानपावर कम्पनीमाथि रोजगारपीडितले दिएको उजुरीका आधार अनुगमन नगर्ने गरेको पाइएको छ। पीडितले उजुरी दिएको आधारमा विभागले अनुगमन नगर्दा वैदेशिक रोजगारीमा जाने कामदार म्यानपावरबाट ठगिने क्रम पनि बढेको छ।

सरकारले संस्थागत (म्यानपावर कम्पनीमार्फत) रुपमा १ सय ११ देशका लागि श्रम स्वीकृति जारी गर्दै आएको छ। म्यानपावर कम्पनीमार्फत नै यति धेरै देशमा श्रम गर्न नेपाली कामदार जाने गरेका छन्। तर, यी देशमा म्यानपावरले कसरी कामदार पठाइरहेका छन् भन्ने सम्बन्धमा भने नियामक निकाय वैदेशिक रोजगार विभागले अनुगमनलाई चुस्त बनाउन सकेको छैन। रोजगारीका क्रममा म्यानपावरमार्फत ठगिएका पीडित कामदारले उजुरी परेपनि विभाग म्यानपावरम्म नपुग्ने गरेको रोजगारपीडितले गुनासो गर्दै आएका छन्।

ठगीको आरोपमा उजुरी आउने गरेपनि आन्तरिक समस्याका कारण म्यानपावर कम्पनीमाथि अनुसन्धान तथा नियमित अनुगमन प्रक्रियालाई प्रभावकारी बनाउन नसकिएको विभागका महानिर्देशक दिलिपकुमार चापागाईंले स्वीकारे। विभागमा सीमित कर्मचारी भएकाले पीडितको उजुरीको आधारमा म्यानपावरमाथि अनुगमन गर्न नसकिएको महानिर्देशक चापागाईंले बताए।

कर्मचारी अभावले नियमनमा समस्या : विभाग

उनले भने, ‘देश संघीयतामा गएका कारण विभागका धेरै कर्मचारी स्थानिय तहमा सरुवा भएर गएपछि विभागमा कर्मचारीको अभाव छ। विभागमा पीडितले दिएको उजुरीको आधारमा तत्काल म्यानपावरमा अनुमगन गर्नसक्ने भौतिक साधन पनि छैन।’ जसोतसो समय मिलाएर बेला–बेलामा म्यानपावरमाथि अनुगमन गर्ने गरेको उनको भनाइ छ।

विभागका महानिर्देशकको भनाइ र विभागकै आँकडामा भने कुनै सम्बन्ध देखिँदैन। गएको एक दशकको अनुगमनको आँकडा हेर्दा पछिल्लो सयम देखिएको कर्मचारी अभाव मात्रै कारण हो भन्ने विश्वास गर्न सकिँदैन। विगत १० वर्षमा विभागले जम्मा १ सय ४६ वटा म्यानपावर कम्पनीमा मात्रै अनुगमन गरेको छ।

‘फ्री भिसा र फ्री टिकट’ नाममा मात्र सीमित

विभागले म्यानपावर कम्पनीमाथि अनुगमन गर्न नसक्दा सरकारले ३ वर्ष अघि ल्याएको ‘फ्री भिसा र फ्री टिकट’को व्यवस्थाको समेत कार्यान्वयन तह फितलो छ। सरकारले मलेसियासहित खाडी मुलुकका ७ देशमा जाने कामदारका हकमा २०७२ साल असार २१ गते देखि ‘फ्रि भिसा, फ्रि टिकट’को नीति ल्याएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

विभागको आवश्यक अनुगमन नपुग्दा ‘फ्री भिसा, फ्री टिकट’को व्यवस्था नाममा मात्रै सीमित भएको छ। ‘फ्री भिसा, फ्री टिकट’ तोकिएका मुलुकमा झनै युवा चर्को रकम तिरेर विदेशिन बाध्य छन्। सरकारले नीति मात्र ल्याउने तर त्यसको प्रभावकारी कार्यान्वयन गर्न नसक्दा युवाहरु मारमा पर्दै आएको वैदेशिक रोजगार विज्ञहरुको भनाइ छ।

सरकारले ‘फ्री भिसा, फ्री टिकट’लाई व्यवहारमा लागू गर्न नसक्दा यसको फाइदा कामका लागि विदेशिने श्रमिकले उठाउन नपाएको श्रमविज्ञ मधुविलास पण्डित बताउँछन्। ‘घोषणा भएको ३ वर्षसम्म पनि यो व्यवस्था लागू नगर्दा म्यानपावरले फाइदा उठाइरहेका छन्’, पण्डितले भने, ‘म्यानपावरले सरकारलाई फ्री–भिसा, फ्री– टिकटमै कामदार पठाएको विवरण बुझाउँदै कामदारसँग मनपरी शुल्क लिइरहेका छन्।’

श्रम स्वीकृति दिने तर लागत खर्च नतोक्ने

अर्कातर्फ सरकारले श्रम स्वीकृति दिने तर लागत खर्च तोक्न नसकेका कारण श्रमिक मारमा परिरहेका छन्। यसरी श्रम स्वीकृति जारी गरेका देशमा जाने कामदारसँग म्यानपावर व्यवसायीले मनपरी रकम असुल्दै आएका छन्।

Xtrem

Xtrem

म्यानपावर कम्पनीमार्फत निकै ठूलो संख्यामा कामदार वैदेशिक रोजगारमा जाने गरेपनि सरकारले १२ वटा देशका लागि मात्र लागत खर्च निधारण गरेको छ। सीमित देशमा सरकारले तोकेको लागत खर्चसमेत कार्यान्वयन हुन सकेको छैन।

सरकारले नीति निर्धारण गर्ने तर कार्यान्वयन तथा नियमन कार्य फितलो हुँदा वैदेशिक रोजगारीमा युवा ठगिने क्रम पनि बढेर गएको हो। वैदेशिक राजगारीमा जाने युवाबाट म्यानपावर व्यवसायीले सरकारले तोकेको भन्दा बढी रकम असुले पनि विदेश जान पाउँदा अधिकांश युवा यस विषयमा चुपचाप लागेर रकम बुझाएर जाने गरेका छन्। यसले गर्दा पनि म्यानपावर व्यवसायीलाई सहज हुन गएको विभागको बुझाइ छ।

साउदी, कतार, ओमान, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई) र मलेसिया जाने नेपाली कामदारहरुका हकमा ‘फ्री भिसा, फ्रि टिकट’ लागू भएको छ। यी देशका लागि सरकारले तोकेको लागत रकम १० हजार रुपैयाँ मात्रै हो। हाल यी देशमा जाँदा नेपाली कामदारका लागि रोजगारदाता कम्पनीले भिसा, आउने जाने हवाई टिकट लगायतका खर्च बेहोर्ने सर्तमा मात्र श्रम स्वीकृति प्रदान गरिन्छ।

तर, रोजगारीका लागि यी ७ देशमा जाने कामदारबाट म्यानपावर व्यवसायीले हाल १ लाखदेखि ४ लाख रुपैयाँसम्म असुल्ने गरेको स्रोत बताउँछ। राम्रो कम्पनी, राम्रो काम भनेर म्यानपावर तथा एजेन्टले बढी रकम असुल्ने गरेको पाइएको छ। यस्ता विकृति नियन्त्रण गर्न सरकारले चासो नै देखाएको छैन।

विदेशिने कामदारमध्ये ८० प्रतिशत भन्दा बढी नेपाली कामदार रोजगारीका लागि मलेसिया र खाडीका देशमा कार्यरत छन्। जापान जाने कामदारका लागि सरकारले ५० हजार रुपैयाँ लागत तोकेको छ। रसिया जानका लागि ८० हजार, पोल्यान्डका लागि ८० हजार ४ सय, लेबनानका लागि ७० हजार र मोरिससका लागि २१ हजार रुपैयाँ तोकिएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ। तर, सरकारले नै सेवा शुल्क निर्धारण गरेको देशमा जाने कामदारसँग म्यानपावर एजेन्टले ५ गुणासम्म पैसा लिइरहेका उजुरी विभागमा पर्ने गरेका छन्।

वैदेशिक रोजगार विभागमा अमेरिका, क्यानडा, जापान, रसिया, पोल्यान्डलगायतका देशमा पठाइदिन्छु भन्दै प्रतिव्यक्ति १२ लाखभन्दा बढी रकम असुल्दै आएको उजुरी पर्ने गरेको छ।

सरकारले म्यानपावर कम्पनी मार्फत १ सय ११ र व्यक्तिगत १ सय ७२ वटा देशका लागि श्रम स्वीकृति जारी गर्दै आएको छ। तर, लागत खर्च सम्बन्धी सरकारले आवश्यक चासो नदिँदा र म्यानपावर तथा एजेन्टले गर्ने ठगीको अनुगमन गर्न नसक्दा कामदार ठगिने क्रम नरोकिएको हो।

प्रकाशित मिति: आइतबार, पुस २९, २०७५  १३:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन्
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन शुक्रबार, असोज २३, २०८३
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्