लिभरपुल- इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले अग्रता बढाउदै लागेको छ। लिभरपुरले शनिबार राति भएको खेलमा ब्रिंटनमाथि १-० को जित निकाल्दै अग्रता बढाएको हो।
लिभरपुलको जितमा मोहमद सलाहले खेलको ५० मिनेटमा पेनाल्टीमार्फत गोल गरेको निर्णायक बन्यो।
यता चेल्सीले न्युकासललाई २-१ ले हराएको छ। चेल्सीका लागि पेड्रोले नवौं र विलियनले ५७ मिनेटमा गोल गरेका थिए। न्युकासलका लागि क्लार्कले ४० मिनेटमा गोल फर्काएका थिए।
लिगमा लिभरपुलले २२ खेलमा ५७ अंक जोडेको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीको २१ खेलबाट ५० अंक र तेस्रो स्थानको टोटनह्यामको ४८ अंक छ। यस्तै २२ खेलबाट ४७ अंक जोडेको चेल्सी चौथो स्थानमा छ।
आर्सनलले २२ खेलबाट ४१ अंक जोडेको छ भने आर्सनल पँचौ स्थानमा छ। आर्सनललाई शनिबार राति वेस्ट ह्यामले १-० गोलले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।