अबुधावी– अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिकी सेना सिरियाबाट फिर्ता भएपनि सिरियाली कुर्दिस विद्रोहीको सुरक्षाका लागि कुनै उपाय खोजिने बताएका छन्।
‘सिरियाली कुर्दिस समूह र टर्कीलाई आतङ्ककारीबाट सुरक्षाका लागि व्यवस्था मिलाइने छ, उनले अमेरिकी सहयोगमा सिरियाली सरकारसँग सङ्घर्षरत पक्षलाई विश्वास दिलाए।
उनले युएईको अबुधावीमा सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘हामी विश्वस्त छौँ, हामीले यी दुवै समस्याको समाधानका लागि सफल बन्नेछौँ।’
अमेरिकी राष्ट्रपतिले गत महिना अमेरिकी सेनालाई फिर्ता गर्ने अकस्मात घोषणा गरेसँगै चिडिएका मध्यपूर्वका अमेरिका पक्षधर मुलुकहरूलाई सान्त्वना दिन पोम्पेओले यस क्षेत्रको भ्रमण गरेका हुन्।
उनी संयुक्त अरब इमिरेट्सको भ्रमणपछि स्वदेश फर्किनेछन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।