काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा विकेटविहीन भएका छन्।
शनिबार भएको आफ्नो तेस्रो खेलमा सिल्हेट सिक्सरका बलर सन्दीपले ढाका डाइनामिटर्सविरुद्ध विकेट लिन सकेनन्। सन्दीपले ४ ओभर बलिङ गर्दा ३३ रन खर्चिए। उनले समान २–२ चौका र छक्का दिए। यस्तै सन्दीपले ९ बल डट फ्याँकेका थिए।
खेलमा ढाकाले टस जितेर पहिले ब्याटिङ गरेको हो।
यसअघि बुधबार भएको आफ्नो दोस्रो खेलमा सन्दीप चितागाँउ विकिङ्सविरुद्ध विकेट लिन नसकेका सकेका थिएनन्। यद्यपी उनले कसिलो बलिङ गरेका। सन्दीपले ४ ओभरमा २१ रन खर्चिएका थिए।
सन्दीपले कोमिला भिक्टोरियाविरुद्धको पहिलो खेलमा भने २ विकेट लिन सफल भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।