सल्लेरी, सोलुखुम्बु- दूधकोशिका गाउँपालिका– ७ देउसाकी बिममाया तामाङ एक सातादेखि बेपत्ता भएकी छिन्।
३८ वर्षीया तामाङ असोज ३० गते साँझ आफ्नै घरबाट बेपत्ता भएकी हुन्। साँझ पौने ६ बजेतिर घरबाट बाहिर निस्किएकी उनीबारे कुनै जानकारी नभएको देवर आशमान तामाङले बताए। पारिवारिक स्रोतका अनुसार उनको मानसिक सन्तुलन ठिक थिएन।
दुई छोरा र एक छोरीका आमा बिममायाको खोजी भइरहेको परिवारले जनाएको छ। करिब ५ फिट उचाइ भएकी उनलाई भेटेर खबर गर्ने व्यक्तिलाई सम्मानस्वरुप रु पाँच हजार प्रदान गरिने आशमानले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।