एजेन्सी– बलिउड अभिनेता इमरान हासमीको आगामी फिल्म ‘चिट इन्डिया’ विवादमा आएपछि नाम परिवर्तन गरिएको छ। भारतीय फिल्म सेन्सर बोर्डले आपत्ति जनाएपछि नाम परिवर्तन गरी ‘ह्वाइ चिट इन्डिया’ राखेर फिल्म रिलिज गर्ने तयारी गरिएको छ।
फिल्म यही १८ जनवरीमा रिलिज हुँदैछ। फिल्म निर्माण पक्षले टाइटल परिवर्तनबारे विज्ञप्ति जारी गर्दै सेन्सर बोर्डले आपत्ति जनाएपछि नाम परिवर्तन गरिएको बताएको हो। सेन्सर बोर्डका अधिकारीले पनि फिल्मको नाममा आपत्ति भएपछि परिवर्तन गर्न सुझाव दिएको स्वीकार गरेका छ्न्।
उक्त फिल्म भारतको शैक्षणिक व्यवस्थामा आधारित रहेको बताइएको छ। निर्माण पक्ष नाम परिवर्तन गर्न तयार भएपछि फिल्म रिलिज गर्ने टुंगो लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।