एजेन्सी– २०१८ मा बलिउडमा धेरै कलाकार प्रवेश गरे। यीमध्ये सबैभन्दा बढी चर्चा थियो, जान्हवी कपुर र सारा अली खानको। वर्षको अन्तिम महिनामा साराका दुईवटा फिल्म ‘केदारनाथ’ र ‘सिम्बा’ रिलिज भए। यी दुवै फिल्म हिट भएपछि सारालाई २०१८ को बेस्ट डेब्यूको अवार्ड मिल्नुपर्ने तर्क गर्न थालिएको छ।
यी फिल्मको माध्यमबाट सारालाई बलिउडमा लामो इनिङ खेल्ने कलाकारको रुपमा पनि लिन थालिएको छ। साराको अभिनय प्राकृतिक छ र उनी क्यामेराको सहजै सामना गर्न सक्छिन्।
केदारनाथ र सिम्बामा साराले आफ्नो अभिनयबाट दर्शकलाई प्रभावित पार्न सफल भइन्। केदारनाथमा नायक सुशान्तसिंह राजपुतलाई पनि पछाडि छोडिन् साराले। सिम्बामा पनि अभिनयका साथसाथै उनको डान्स हेर्न लायक थियो।
बलिउड स्टार सेफ अली खान र अमृता सिंहकी छोरी सारा डेब्यू फिल्मबाटै युवा दर्शकको बीचमा लोकप्रियता हासिल गर्न सफल भएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।