काठमाडौं- साहित्यकार डाक्टर शिलु घिमिरे न्यौपानेको मन मन्थन कथा सङ्ग्रह र सुनकेस्री गीतिकाव्य विमोचन भएको छ। निबन्धकार युवराज नयाँघरे र गीतकार उन्नति बोहरा शिलाले ती कृतिको विमोचन गरेका हुन्।
विमोचनपछि कार्यक्रममा उन्नति बोहरा, युवराज नयाँघरे, वन्दना लम्साल, सबिता प्रसाईं, अरुण घिमिरे तथा कृतिकार शिलुले मन्तव्य राखेका थिए।
अमेरिकाको टेक्सस वुमेन्स युनिभर्सिटीबाट अध्ययन गरी सोही युनिभर्सिटीमा प्राध्यापन गर्ने शिलु घिमिरेका यसअघि नै ३ कृति प्रकाशन भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।