काठमाडौं- रुबिना क्षेत्री बेलवासको कप्तानीमा १४ सदस्यीय नेपाली महिला राष्ट्रिय टिम घोषणा गरिएको छ। थाइल्यान्डमा आयोजना हुने महिला टी–२० स्मास प्रतियोगिताका लागि राष्ट्रिय टिम घोषणा गरिएको हो।
क्रिकेट एसोसिएसन अफ थाइल्यान्डको आयोजनामा हुने प्रतियोगिता पुस २८ देखि माघ ५ सम्म संचालन हुँदैछ।
प्रतियोगितामा नेपालसहित १० देशका राष्ट्रिय टिमले भाग लिनेछन्। नेपाल रहेको समूहमा तान्जानिया, नामिबिया, इन्डोनेसिया र कुबेत रहेका छन्। नेपालको पहिलो खेल तान्जानियासँग छ। प्रतियोगितालाई आगामी फेब्रुअरीमा हुने आइसिसी महिला विश्व टी–२० छनोटका लागि तयारीको रुपमा लिइएको छ।
नेपाली टिम शुक्रबार थाइल्यान्ड प्रस्थान गर्दैछ।
सन् २०२० मा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटका लागि एशिया छनोट आगामी फागुनमा हुँदैछ।
थाइल्याण्डै आयोजना हुने उक्त छनोट खेल आगामी फागुन ६ देखि १५ गतेसम्म हुनेछ। छनोट प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, युनाइटेड अरब ईमिरेटस् (युएई), मलेसिया, कुवेत, चीन र हङकङले प्रतिष्पर्धा गर्नेछन्। राउण्ड रोबिनको आधारमा हुने सो छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट र आइसिसी महिला विश्वकप २०२० मा स्थान बनाउने छन्। छनोटको खेल तालिका भने सार्वजनिक भएको छैन।
नेपाली टिम
रुबिया क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, करुणा भण्डारी, सरिता मगर, नेरी थापा- इन्दु बर्मा- सोनु खड्का- आरती बिडारी- काजल श्रेष्ठ- रोमा थापा- कविता कुँवर- डोली भट्ट- ममताकुमारी चौधरी- विन्दु रावल । बैकल्पिक खेलाडी- ऋतु कनौजिया, सुमन विष्ट, सबनम राई
अमृत पौडेल- म्यानेजर
विनोद दास- प्रशिक्षक
सकुना डानी- फिजियो
खेल तालिका
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।