एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक फिल्म ‘पिएम नरेन्द्र मोदी’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ।
पोस्टरमा विवेक ओबरोय नरेन्द्र मोदीको भेषमा देखिएका छन्। दामोदर दासको लुक प्राय: प्रधानमन्त्री मोदीसँग मिल्दोजुल्दो देखिएको छ।
पोस्टरमा राष्ट्रभाव ‘देशभक्ति न मेरा शक्ति’ समेत प्रस्तुत गरिएको छ। निर्माण युनिटले फिल्मका पोस्टरलाई ८ भाषामा सार्वजनिक गरेको सञ्चारमाध्यममा उल्लेख गरिएको छ।
सन् २०१९ को चुनावअघि उक्त फिल्म मोदीका लागि महत्वपूर्ण हुने सञ्चारमाध्यमहरूमा उल्लेख छ।
ओमंग कुमारको निर्देशन तथा सुरेश ओबेरोय र सन्दीप सिंहको प्रोडक्सनमा बनेको फिल्मको प्रदर्शन मिति भने तय भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।