काठमाडौं– इन्डोनेसियाको फुटबल लिग च्याम्पियन पेर्सिजा जाकर्ताले नेपालका आक्रामक मिडफिल्डर रोहित चन्दसँगको सम्झौता थप गर्ने संकेत* दिएको छ।
पेर्सिजाको प्रवन्ध निर्देशक जेडे विडिएडेले रोहितसँग सम्झौता थप गर्ने निर्णय विषयमा कुराकानी भइरहेको बताएका छन्। इन्डोनेसियाको चर्चित स्पोर्ट्स पोर्टल बोलास्पोर्ट्सले विडिएडेलाई उधृत गर्दै उत्कृष्ट खेलाडी रोहित अझै पेर्सिजाका लागि आवश्यक भएको बताएका छन्।
रोहित र पेर्सिजाबीच ३१ डिसेम्बर २०१८ मा सम्झौता सकिएको थियो।
यसअघि अघिल्लो साता पेर्सिजाले नयाँ वर्षको प्रशिक्षण सुरु गर्दा रोहित अनुपस्थित थिए। त्यतिबेला क्लबका पदाधिकारीले रोहितसँग सम्पर्क भइरहेको बताएका थिए।
प्रशिक्षक र क्लब व्यवस्थापनले रोहितको प्रदर्शनको मुल्याङ्कन गरेर क्लबमा राख्ने निर्णय भएको बताइएको छ।
रोहित अहिले बिदा मनाउन नेपालमा छन्। उनी छिट्टै जार्कता पुग्नेछन्।
२०१७ पेर्सिजनामा मासिक ३ हजार ५ सय अमेरिकी डलरमा अनुबन्धित भएका थिए। त्यससँगै सबैभन्दा धेरै कमाउने नेपाली फुटबल खेलाडी हुन सफल भएका थिए।
गत सिजन पहिले इन्डोनेसिया लिगको सुपर कप जितेको पेर्सिजाले २०१८ को इन्डोनेसिया लिग वान पनि जित्न सफल भयो। पेर्सिजनाको उपाधिमा रोहितको भूमिका उत्कृष्ट रहेको थियो। जसकारण उनले २०१८ लिग-१ को सर्वोत्कृष्ट खेलाडीको उपाधि समेत जिते।

एन्फा एकेडेमिका उत्पादन रोहितले सन् २००९ मा व्यवसायिक फुटबल खेल्न सुरु गरेका थिए। मच्छिन्द्र क्लबमा आवद्ध भएर करिअर सुरु गरेका उनी पहिलो सिजनमै उत्कृष्ट डिफेन्डर घोषित भए। मच्छिन्द्र त्यो सिजनमा ब्रिटिश गोर्खा कपको सेमिफाइनल सम्म पनि पुगेको थियो। मच्छिन्द्रमा मासिक १ लाख ५० हजार रुपैयाँमा आबद्ध रोहित सर्वाधिक पारिश्रमिक पाउने नेपाली फुटबलरका भएका थिए।
रोहित सन् २०१० मा भारतीय क्लब हिन्दुस्तान एरोनोटिक्स् लिमिटेड एससीमा अनुबन्धित भए। क्लबले रोहितलाई मासिक १ लाख २८ हजार रूपैयाँमा अनुबन्ध गरेको थियो।
२०१२ मा रोहित इन्डोनेसिया पुगे। त्यतिबेला उनले एफसी पेकन्बरूमा सम्झौता गरेका थिए। एक सिजन इन्डोनेसियामा खेलेपछि उनी एफसी भेस्ट्स्जेल्याण्डमा आबद्ध भए। त्यहाँ ६ महिना बिताएपछि रोहित इन्डोनेसियाको पेर्सिजा जार्कतामा आवद्ध भएका थिए। २ सिजन जार्कतामा बिताएपछि रोहितले सन् २०१५ मा मलेसियन क्लब टि–टिम एफसी र २०१६ मा मनाङ मस्याङ्दी क्लबबाट खेले। फेरि सन् २०१७ मा रोहित पेर्सिजामा आवद्ध भएका थिए।
*सच्याइएको
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।