काठमाडौं- फिल्म ‘समर लभ’को ट्रेलर सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
लेखक सुविन भट्टराईद्वारा लिखित उपन्यास ‘समर लभ’मा आधारित फिल्म ‘समर लभ’को सार्वजनिक ट्रेलरमा पुस्तकका रोमान्टिक संवाद तथा रोमान्टिक प्रसंग प्राथमिकता साथ प्रस्तुत गरिएको छ।
आगामी माघ २५ गते प्रदर्शन मिति तय गरिएको फिल्ममा अशिष पिया, रेवती क्षेत्री, नम्रता श्रेष्ठ, सुरज सिंह ठकुरी, शिशिर भण्डारी, सरोज खनाललगायतका कलाकारको अभिनय रहको छ।
मुस्कान ढकालको निर्देशन रहेको फिल्ममा सामीप्यराज तिमल्सिनाको पटकथा तथा लेखक भट्टराई र तिमल्सिनाको संवाद छ।
पुष्पन प्रधानको गीत तथा संगीत रहेको फिल्मका निर्माता खगेन्द्र श्रेष्ठ र इन्दु प्रधान हुन् भने विनोद अुधिकारी फिल्मको कार्यकारी निर्माताका रुपमा रहेका छन्।
यस्तो छ फिल्मको ट्रेलर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।