काठमाडौं- सुरज सुब्बा नाल्बोको लेखन तथा निर्देशनमा फिल्म ‘हृदय भरी’ निर्माण हुने भएको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युनिटले फिल्म निर्माण गर्ने जानकारी गराएको हो। कार्यक्रममा निर्माण घोषणासहित पोस्टर पनि सार्वजनिक गरिएको छ। सो पोस्टरमा फिल्मका मुख्य कलाकार पल शाह र श्रद्धा क्षेत्रीलाई प्रस्तुत गरिएको छ।
चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राई, निर्माता संघका अध्यक्ष आकाश अधिकारीसमेत उपस्थित भएको सो कार्यक्रममा निर्माण युनिटले सो पोस्टर सार्वजनिक गरेको हो।
प्रेमकथामा आधारित हुने फिल्म ‘हृदय भरी’मा अन्य कलाकारहरू निर शाह, सुनील थापा, आकाश बाबु , अनुराग कुँवर, निर्मल शर्मा, सलोन बस्नेत, रेखा लिम्बू, कविता रेग्मी, बिके श्रेष्ठ, दिपक गजमेर, प्रेम श्रेष्ठ, अनुपम श्रेष्ठ, आयुष्मान घिमिरेलगायतको अभिनय रहनेछ।
अभिनेत्री श्रद्धा क्षेत्री भने यसै फिल्म मार्फत् नेपाली सिने नगरीमा प्रवेश गर्दैछिन्। उनी एक भारतीय मोडेल पनि हुन्।
चन्दन शाह र निकेश लिम्बू प्रस्तुतकर्ता रहने फिल्ममा सह-निर्माताका रूपमा रुचि विश्वास र दीपिन्द्र राई रहेका छन्।
त्यसैगरी, फिल्ममा मानकृष्ण महर्जनको छायांकन, अर्जुन पोखरेल, हरी लम्साल, दीपक शर्माको संगीत, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी तथा विपिन मल्लको सम्पादन रहनेछ।
फिल्म फागुनको तेस्रो साताबाट छायांकनका लागि फ्लोरमा जाने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।