अष्ट्रेलिया– क्रिकेट सम्बन्धी फिल्म निर्माण हुने भएको छ। सुनोद श्रेष्ठको मुख्य भूमिका रहनेगरी फिल्म निर्माण हुन लागेको हो। अष्ट्रेलियाको सिड्नीमा एक कार्यक्रम आयोजना गरी फिल्म निर्माण घोषणा गरिएको हो। एक्पसपर्ट एजुकेशनका निर्देशक संजिव शर्माले फिल्मको निर्माण गर्ने संस्थाका सद्धभावना दूत रहेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले बताए। खड्काले खेलकुद विधामा कम फिल्म निर्माण भइरहेको अवस्थामा यसको घोषणा उत्साहजनक भएको बताए ।‘खेलकुद विधामा कम फिल्म निर्माण भइरहेको अवस्थामा क्रिकेट सम्बन्धी फिल्म निर्माणको खबर निकै उत्साहजनक छ । फिल्ममा सफल क्रिकेटर बन्नका लागि गर्नुपर्ने संघर्षको कथा हुनेछ,’ खड्काले भने।
मुख्य भूमिकामा अभिनेता श्रेष्ठ घोषणा भएपनि फिल्मका निर्देशक र कलाकार केही दिनपछि मात्रै सार्वजनिक हुने फिल्म निर्माता शर्माले जानकारी दिए । अभिनेता श्रेष्ठको पनि यो डेब्यु फिल्म हो । यसअघि उनले म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । 'सात समुन्द्र पारी', 'विर्सन सक्दिनु', 'तिमि र म' असाध्यै रुचाइएका म्युजिक भिडियो हुन्।
श्रेष्ठले अष्ट्रेलियन टेलिभिजन च्यानल सेभनका प्रसारण हुने विनर एण्ड लुजरको संस्करणमा समेत अभिनय गरिसकेका छन्। अष्ट्रेलियाको प्रख्यात टेलिभिजन एसबिएस मार्फत् प्रसारण हुने टेलिफिल्म 'विल्फेर्ड द डग'मा समेत अभिनय गरेका थिए। यस्तै हास्य टेलिश्रृखंला उत्पादन गर्ने कमेडी टेलिभिजनको ओपन स्यालदरमा पनि काम गरिसकेका छन्। उनले च्यानल नाइनमार्फत् प्रशारण भएको ग्यालोपोली वारमा गोर्खालीको भूमिकामा गरेको अभिनय चर्चित बनेको थियो। सुनोदले सन् २०१६ मा अष्ट्रेलियन फिचर फिल्म 'द मेन कफ मेथोड'मा पनि अभिनय गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।