भद्रपुर– मेची आँखा अस्पताल बिर्तामोडले ४ महिनामा २८ हजार १ सय ८३ विद्यार्थीको आँखा जाँच गरेको छ।
अर्विस संस्थाको सहयोगमा नेपाल नेत्रज्योति सङ्घ र मेची आँखा अस्पतालको साझेदारीमा सो कार्य गरिएको हो। ‘नेपाल रिच प्रोजेक्ट’ द्वारा सञ्चालित कार्यक्रमअनुसार सन् २०२१ सम्ममा झापाका दुई लाख २० हजार विद्यार्थीको निःशुल्क आँखा जाँच गर्दै दृष्टिदोष हुन नदिन र भए निःशुल्क उपचार गर्ने उद्देश्यले सो कार्य थालनी गरिएको अस्पतालले जनाएको हो।
विद्यालयमा अध्ययनरत ६ देखि १८ वर्षसम्मका बालबालिकाको निःशुल्क आँखा जाँच गर्दै दृष्टिदोष न्यूनीकरण र निराकरणका लागि मेची आँखा अस्पलात बिर्तामोडले ‘नेपाल रिच प्रोजेक्ट’ सञ्चालन गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा पुरुषोत्तम जोशीले बताए।
डा जोशीका अनुसार कार्यक्रममा २८ हजार १ सय ८३ विद्यार्थीको आँखा जाँच गर्दा ७ सय ९३ विद्यार्थीलाई चस्मा सिफारिस गरिएको र जसमध्ये ४ सय ६१ जना विद्यार्थीलाई चस्मा वितरण गरिसकिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।