



जापानी राजकुमारी माकोले राजपरिवारको पद त्यागेर सामान्य युवा कोमुरोसँग विवाह गर्ने भएकी छिन्। उनी केही वर्षदेखि एक युवाको प्रेममा थिइन्। जापानको राजसंस्था पितृसत्तात्मक छ। जसअनुसार शाही परिवारका कुनै सदस्यले सामान्य व्यक्तिसँग विवाह गरेको खण्डमा आफ्नो पद गुमाउनु पर्ने नियम छ।
पुरुषको हकमा यो कानुन लागु नभए पनि महिलाको हकमा कठोर छ। २५ वर्षीय माको जापानी राजा अकिहितोको दोस्रो छोरा राजकुमार अकिसिनोकी ठूलो छोरी हुन्। आफ्नो शाही पद गुमे पनि खुसी रहेको माकोले प्रतिक्रिया दिएकी छिन्। उनले स्थानीय पत्रकारलाई यसको जानकारी दिने क्रममा आफूले विवाहको निर्णय गरिसकेको जानकारी दिएकी छिन्।
‘मलाई सानैदेखि लाग्थ्यो, मैले शाही पद छोड्नु पर्छ। शाही परिवारको सदस्य हुँदा मैले राजालाई सबै खाले सहयोग गरे। अहिले म आफ्नो नीजि जीवनको आनन्द उठाइरहेको छु,’ उनले भनिन्।
राजकुमारीले आफ्नो श्रीमानको मुस्कान ‘सूर्य’ जस्तै उज्यालो रहेको बताइन। उनको विवाहको कार्यक्रम यही जुलाईमा निश्चित थियो। तर, दक्षिणीभेगमा गएको बाढीले गर्दा विवाहको कार्यक्रमलाई केही समयका लागि स्थगित गरिएको थियो। पारिवारिक श्रोतका अनुसार उनीहरुको विवाह सन् २०१८ मा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।