काठमाडौं- राष्ट्रिय जनता पार्टी, नेपालले प्रधानमन्त्रीको सम्बोधनमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई प्रश्न गर्न नदिएर सभामुख कृष्णबहादुर महराले गल्ती गरेको टिप्पणी गरेको छ।
राष्ट्रिय जनता पार्टी, नेपालका नेता अनिलकुमार झाले संसदीय व्यवस्थामा प्रधानमन्त्रीको संसदको सम्बोधनमाथि प्रतिपक्षी दलले टिप्पणी गर्ने व्यवस्था रहेपनि त्यसो गर्न नदिएर सभामुख महराले गल्ती गरेको प्रतिक्रिया दिएका हुन्।
'संसद बस्नुको अर्थ सरकारबारे अरु दलले टिप्पणी गर्न पाउनु हो। प्रधानमन्त्री बोलेपछि संसदमा प्रश्न गर्न पाउने व्यवस्था संघीय संसदको नियमावलीमा समेत छ,' झाको दाबी थियो।
नेता झाले संविधान संशोधनको विषयमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकमा बोल्दै नबोलेकोमा असन्तुष्टि जनाउँदै तत्सम्बन्धमा पार्टीमा गम्भीर छलफल गर्ने बताए।
राजपाले आफ्नो माग सम्बोधन हुने गरी तत्काल संविधान संशोधन नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।