काठमाडौं- पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता रामशरण महतले पुँजी निर्माण र लगानी वृद्धिमा भन्दा सरकार फजुल खर्चमा अघि बढेको आरोप लगाएका छन्।
राजधानी काठमाडौंमा शनिबार फियन बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै महतले सरकार मुलुकको समग्र आर्थिक विकासका लागि गम्भीर नबनेको बताए।
सरकार उडन्ते र हावादारी कुरामा हिँडेको उनको आरोप थियो। सत्तारुढ दलका दुई अध्यक्षले आआफ्ना निर्वाचन क्षेत्रमा भ्यु टावर निर्माण र सहरी विकास आयोजनाको नाममा ठूलो रकम खर्च गर्नु गलत भएको टिप्पणी गरे।
जनताका आधारभुत आवश्यकता, सडक विस्तार लगायत क्षेत्रलाई सरकारले प्राथमिकता दिन नसकेको समेत उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।