काठमाडाैं- राष्ट्रिय जनता पार्टी, नेपालले सरकारले संघीयताको मर्म विपरित ‘आन्तरिक शान्ति सुरक्षासम्बन्धी विधेयक’ ल्याउन खोजेको भन्दै आपत्ति जनाएको छ।
राष्ट्रिय जनता पार्टी, नेपालका राष्ट्रियसभाका सांसद वृशेषचन्द्र लालले संघीयताको मर्मविपरित सरकारले ‘आन्तरिक शान्ति सुरक्षासम्बन्धी विधेयक’ ल्याउन खोजेको भन्दै आपत्ति जनाएका हुन्।
प्रमुख जिल्ला अधिकारी आफू मातहत राखेर संघीय सरकारले प्रदेश सरकारको अधिकार कटौती हुनेगरी सो विधेयक ल्याउन लागेको बताउँदै उनले साेही अनुसार कार्यान्वयन भएमा आफ्नो पार्टीलाई मान्य नहुने चेतावनीसमेत दिए।
सांसद लालले सरकारले संघीयताको मर्मविपरित प्रदेश सरकारलाई 'पंगु' बनाउने काम गरिरहेको आरोप पनि लगाए।
सांसद लालले संविधानले प्रदेश सरकारलाई शान्ति सुरक्षासम्बन्धी विधेयक आफैं व्यवस्था गर्ने अधिकार दिएको उल्लेख गर्दै सोही अनुसारको कानुनी व्यवस्था गर्न संघीय सरकारको ध्यानाकर्षण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।