काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको राजीनामा माग गरेको छ।
कांग्रेसकी राष्ट्रियसभाकी सांसद विन्दादेवी आलेले वाइडबडी विमान खरिद कान्डमा मुछिएका मन्त्री अधिकारीलाई तत्काल राजीनामा दिन माग गरेकी हुन्।
शुक्रबार राष्ट्रियसभाको बैठकका विशेष समय लिएर बोल्दै उनले संघीय संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले समितिमा बुझाएको प्रतिवेदनमा दोषी देखिएका मन्त्री अधिकारीले विमान खरिदमा भएको अनियमिततासम्बन्धी छानबिन कार्यलाई सहज बनाउन पनि तत्काल पदबाट राजीनामा दिनुपर्ने तर्क गरिन्।
उनले ४ अर्ब ३५ करोड रुपैयाँ अनसयमितता भएकाे भनिएकाे वाइडबडी विमान खरिद प्रकरणका दोषीलाई कारबाही गर्नुको साटो छानबिन समिति गठन गरेको भन्दै सरकारको पनि चर्को आलोचना गरे।
कांग्रेस सांसद आलेले वाइडबडी विमान खरिदमा संसदीय उपसमितिले दोषी ठहर्याएकाहरुलाई तत्काल कारबाही गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।
संघीय संसद सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले सो वाइडबडी विमान खरिदमा भएकाे आर्थिक घोटाला प्रकरणमा संलग्न रहेको भन्दै मन्त्री अधिकारीलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।