काठमाडौं– मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको फिल्म 'वीर विक्रम २' को पहिलो गीत सार्वनिक भएको छ।
फिल्म 'देउता'को चर्चित गीत 'पिरतीको मिठो सम्झना' यस फिल्ममा रिमेक भर्सनमा छ। रिमेक गरिएको सो गीतमा ताराप्रकाश लिम्बु र मेलिना राईको स्वर रहेको छ।
गीतको ओरिजिनल संगीत रञ्जित गजमेरको हो भने ओर्जिनल भर्सनमा भारती घिमिरे र इन्द्रजित मिजारको स्वर रहेको छ।
सार्वजनिक गीतमा पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेनले नृत्य गरेका छन्। भिडयोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।
चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको ब्यानरमा निर्माण भएको फिल्ममा अर्पण सापकोटा सह–निर्माता रहेका छन्।
चलचित्रमा देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितिज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतले अभिनय गरेका छन्।
चलचित्रमा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, हिमाल केसीको द्धन्द्व, रञ्जित गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन र बनिष शाहको सम्पादन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।