काठमाडौं– थारु संस्कृतिमा आधारित फिल्म 'भुरभुरा रहर'को ट्रेलर सार्वजनिक भएको छ।
दसैं तिहारमा नाचिने सखिया नाचमा आधारित फिल्म सत्य घटनामा आधारित छ।
दसैं नजिकिएसँगै थारु गाउँमा सख्या नाच नाच्ने चलन छ। थारु गाउँका किशोर किशोरीको सख्या नाच्ने इच्छा हुँदाहुँदै पारिवारिक अवस्थाले नाच्न पाउँदैनन्।
आर्थिक अवस्था कमजोर र पारिवारिक अवस्था दयनीय रहेका कतिपय परिवारका किशोर किशोरीहरूको सख्या नाच्ने रहर अधुरो हुन्छ।
त्यही परिवारको घटनाक्रमलाई 'भुरभुरा रहर'मार्फत् देखाउन खोजेको निर्देशक मदन चौधरीले बताए।
फिल्म थारु समुदायको नयाँ वर्ष माघी लगत्तै देशब्यापी च्यारिटी गरिने निर्देशक चौधरीले जानकारी दिए।
थारु फिल्मस् प्रोडक्सन र रामलाल चौधरीले निर्माण गरेको फिल्ममा इन्द्र चौधरी, भिष्मा चौधरी, छबिलाल कोपिला, शिवानी चौधरी, लहिया थारुको मुख्य अभिनय रहेको छ।
फिल्म सुशील चौधरीले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।