दमौली– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाइडबडी विमानको अनियमितता लुकाउनका लागि सरकारले छानविन समिति बनाएको आरोप लगाएका छन्।
तनहुँको दुलेगौंडामा भएको कांग्रेसको कार्यक्रममा बोल्दै पौडेलले संसदले छानविन गरिरहेको अवस्थामा सरकारले छानविन समिति बनाएर ढाकछोप गर्न लागेको बताए। प्रधानमन्त्रीले लेखा समिति अन्तर्गतको उपसमितिलाई अपमान गरेको उनले बताए।
पौडेलले राजनीतिका लागि मात्र नेताहरू तीनतिर हुने तर ठूला ठूला काण्डमा सँगै हुने त होइनन् भनी शंका व्यक्त गरे। पौडेलले महासमिति पछि देशभर पार्टी एक भएको सन्देश गएको बेलामा फेरि पार्टीमा लफडाको तयारी भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।