काठमाडौं– महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदाहरुमा जथाभावी संरचना नबनाउन सबैलाई सचेत गराएको छ।
काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले महानगरपालिकाभित्र रहेका विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदाहरूमा जभाभावी संरचना नबनाउन सबैलाई सचेत गराएकी हुन्।
बिहीबार विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुपा परिसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो स्तुपा नै कूरुप हुने गरी किलाकाटी ठोक्किएकोमा आपत्ति पनि जनाइन्।
कार्यक्रममा सो स्तुपामा जथाभावी ठोकिएको किलाकाटी हटाउने काम पनि गरिएको थियो।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दिपेन्द्र लामाले सो स्तुपाको उचित संरक्षणका लागि तत्काल गुरु योजना तयार पार्ने प्रतिवद्धता व्यक्त गरे।
उनले विश्व सम्पदाको रुपमा रहेको सो स्तुपा क्षेत्रमा जथाभावी संरचना नबनाउन पनि स्थानीयलाई सचेत गराइन्।
विश्व सम्पदा बौद्ध स्तुपामा जभाभावी संरचना निर्माण गर्ने कामले तीव्रता पाएपछि काठमाडौं महानगरपालिकाले त्यसो नगर्न आग्रह गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।