काठमाडौं- टीकापुर घटनाको मुख्य योजनाकारको आरोप लागेका रेशम चौधरीले सांसद् पदको सपथ आज (बिहीबार) लिने भएका छन्।
बिहान साढे ११ बजे सपथ लिने भनिएपनि आवश्यक तयारी नपुगेकाे भन्दै सपथ सारिएकाे हाे। संसद बैठक १२ बजे बस्ने भएकाले अहिले समय अभाव भएकाे बताइएकाे छ।
यसअघि चौधरीलाई सभामुख कृष्णबहादुर महराले आफ्नै कार्यकक्षमा पद तथा गोपनीयताको सपथ खुवाउने कार्यक्रम थियाे।
हाल थुनामा रहेका चाैधरीलाई सपथ लिएपछि पुन: कारागार नै लगिने छ।
चाैधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। राजपाका उम्मेदवार चौधरी ३४ हजार ३ सय ४१ मत ल्याई विजयी भएका थिए।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको थारु आन्दोलनमा चौधरीले अगुवाइ गरेको आरोप लागेको थियो। उक्त घटनामा एक नाबालकसहित आठ सुरक्षाकर्मीको मृत्यु भएको थियो। घटनापछि चौधरी भारतमा लुक्दै बसेका थिए।
टीकापुर घटना गराएको अभियोगमा उनीविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दा दायर गरिएको थियो।
चौधरीले गत फागुनमा कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए। उनी हाल डिल्लीबजार कारागारमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।