हुम्ला– अत्याधिक चिसोका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन्।
सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण बर्सेनी बिदा दिँदै आएको छ। आइतबार वार्षिक परीक्षा सम्पन्न गरी विद्यालय बन्द गरिएको सदरमुकाम सिमकोटस्थित बालमन्दिर माविका शिक्षक कैलाश रोकायाले बताए।
‘आगामी फागुन १ गतेसम्म विद्यालय बन्द रहने छ, त्यसपछि नयाँ शैक्षिक सत्रको शुरुवात गरिने छ,’ मानसरोवर माविका शिक्षक रेशमराज रोकायाले भने।
जिल्ला शिक्षा विकास तथा समन्वय इकार्इका वर्ष फडेराका अनुसार चिसोका कारण जिल्लाका १ सय ५१ विद्यालय बन्द भएका छन्। यी विद्यालयमा १७ हजारभन्दा बढी छात्रछात्रा अध्ययनरत छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।