एजेन्सी– बंगलादेश क्रिकेट टिमका कप्तान मास्राफि मोर्ताजाले आइतबार सम्पन्न संसदीय आमनिर्वाचनमा विजय हासिल गरेका छन्। उनी नारेल–२ क्षेत्रमा अत्याधिक मतले विजयी भएका हुन्। उनले कुल खासेको मत मध्ये ९६% प्रतिशत मत प्राप्त गरेका थिए।
उनी अवामी लिग पार्टीबाट उम्मेदवार बनेका थिए। बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा रहेको अवामी लिग पार्टी र यसको गठबन्धनले ३०० सदस्यीय संसदमा २८८ स्थान जितेको छ । मुख्य विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ६ स्थानमा मात्र विजयी भएको निर्वाचन आयोगले जनाएको छ। अवामी लिगले लगातार तेस्रो पटक संसदीय निर्वाचनमा जित हासिल गरेको हो।
जितसँगै मोर्जाता संसादको चुनाव जित्ने क्रिकेट टिमबाट खेलिरहेका पहिलो कपत्न बनेका छन्। उनले एक हप्ताको चुनाव प्रचार गरेका थिए। त्यसअघि उनी वेस्ट इन्डिजविरुद्धकोस सिरिजका दौरान घाइते भएर मैदान बाहिर थिए।
विजयी भएका मोर्ताजा अब बंगलादेश प्रिमियर लिगमा ब्यस्त हुने बनाइएको छ। लिग आगामी जनवारी ५ देखि सुरु हुँदैछ। उनी रंगपुर राइडर्सका कप्तान हुन्। रंगपुरले गत सिजनको उपाधि जितेको थियो।
लिग लगत्तै बंगलादेशले न्युजिल्यान्डमा गएर ३ एकदिवसीय सिरज र ३ टेस्टर सिरिज खेल्दैछ। त्यसपछि बंगलादेश विश्वकपका लागि इंग्ल्यान्ड जाने कार्यक्रम छ।
मोर्ताजा आधिकारिक रुपमा गत नोभेम्बरमा पार्टीको सदस्य बनेका थिए। त्यसपछि उनी चुनाव उड्ने पक्का भएको थियो। मोर्ताजासँगै बंगालदेशका टेस्ट क्रिकेट टिमका पहिलो कप्तान नाइमुर रहमान र बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नाजमुल हसन पनि निर्वाचित भएका छन्। दुवै जनाले अवामी लिगबाट चुनाव जितेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।