काठमाडौं– सहिद स्मारक 'ए' डिभिजन लिगको शीर्ष ३ भित्र पर्ने त्रिभुवन आर्मी क्लबको अभियानमा धक्का लागेको छ। आर्मीलाई सोमबार भएको खेलमा जावलाखेल युथ क्लबले गोलरहित बराबरीमा रोकेको हो।
बराबरीपछि आर्मीले तेस्रो स्थानमा रहेको थ्रीस्टारलाई पछि पार्ने मौका गुमायो। अंक तालिकाको चौथो स्थानमा रहेको आर्मीले १२ खेलबाट २२ अंक जोडेको छ। एक खेल कम खेलेको तेस्रो स्थानको थ्रीस्टारको २३ अंक छ।
यता जावलाखेल १२ अंक जोड्दै नवौ स्थानमा छ।
यता दिनको अर्को खेलमा बिग्रेड व्वाइजले दोस्रो जित निकाल्ने क्रममा फ्रेण्ड्स क्लबलाई ३–० गोलले हरायो। उसका लागि खेलको बुसारीले १५ र ४६ मिनेटमा गरी २ गोल गरे। चार मिनेट थप गरिएको दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा अब्दु नसिहले तेस्रो गोल गरेका थिए।
दोस्रो जित हात पारेको ब्रिगेड १२ खेलबाट ९ अंक जोड्दै ११औं स्थानमा छ। फ्रेन्ड्स ९ अंकसहित १२औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।