टुरिन– इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन सिरि एमा रेकर्ड बनाएका छन्।
शनिबार साम्पोडोरियाविरुद्ध २ गोल गर्दै रोनाल्डो सिरि एको एकै सिजनमा सर्वाधिक गोल गर्ने पोर्चुगिज खेलाडी बनेका हुन्।
३३ वर्षिया रोनाल्डोले लिगमा पाँच महिनामा रेकर्ड बनाउने क्रममा १३औं लिग गोल गरेका हुन्। यसअघि एकै सिजनमा बढी गोल गर्ने पोर्चुगिज खेलाडीको रेकर्ड रुइ बारिओसको नाममा थियो। सन् १९८८–८९ को सिजनमा युभेन्ट्सका लागि १२ गोल गरेका थिए।
यद्यपी सन् २०१८ रोनाल्डोमा रोनाल्डो ५० गोल पूरा गर्न असफल भएका छन्। उनी सन् २०१० पछि एक वर्षमा ५० गोल गर्न पूरा गर्न असफल भउका हुन्। उनले सन् २०१८ मा देश र क्लबका लागि ४९ गो मात्र गर्न सफल भए।
रोनाल्डोले रेकर्ड बनाएको खेलमा युभेन्ट्सले साम्पडोरियालाई २–१ गोलले हराउँदै लिगमा अपराजित यात्रा कामयै राख्यो।
लिगको अन्य खेलमा नापोलीले बोलोङगालाई ३–२, इन्टर मिलानले इम्पोलीलाई १–० र रोमाले पर्मालाई २–० गोलले पराजित गरेका छन्।
शीर्ष स्थानमा रहेको युभेन्ट्सको १९ खेलबाट ५३ अंक छ। दोस्रो स्थानको नापोलीको ४४ र तेस्रो स्थानको इन्टर मिलानको ३९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।