काठमाडौं– गायिका मेलिना राई र सुनिल छिदालको नयाँ गीत ‘हिँड कान्छी’को भिडियो सार्वजनिक भएको छ।
गीतमा मदन सेलिङ लिम्बुको शब्द तथा उत्तमजंग लिम्बुको संगीत छ। पूर्वेली चुट्के तथा लोक आधुनिक जनरामा तयार गीतमा अन्जु चौलागाई, मदन सेलिङ र मिलन श्रेष्ठ लगायतको अभिनय रहेको छ।
नेपालका विभिन्न प्राकृतिक मनोरम दृश्य समेटेर तयार गीतको भिडियोलाई जसु याक्खाले निर्देशन गरेका हुन् भने भिडियोमा मुकेश हुमागाई छायांकन तथा अमृत चापागाईको सम्पादन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।