• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

भ्रष्टाचारमा संलग्न नेपालीमाथि कारबाही भएन 

64x64
नेपाल लाइभ सोमबार, भदौ १९, २०७४  ०६:४१
1140x725

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बेवास्ताका कारण नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर तिलक रावल र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे संलग्न रहेको गुणस्तरहीन पोलिमर नोट छपाइमा भएको करोडौं भ्रष्टाचार प्रकरण ओझेलमा परेको छ । 

गुणस्तरहीन नोट छाप्न नेपाली एजेन्ट मार्फत नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर रावलसहित राजनीतिज्ञ र अन्य उच्च कर्मचारीले घूस लिएको तथ्य सार्वजनिक भए पनि अख्तियारले सम्बन्धित मुद्दा तामेलीमा राखेको छ।

नेपाल लाइभलाई प्राप्त विवरण अनुसार व्यापारी हिमालयबहादुर पाण्डे, उनकी श्रीमती रमाराज्यलक्ष्मी पाण्डे, पृथ्वीबहादुर पाण्डे, तत्कालीन गभर्नर तिलक रावल, मुद्रा विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र केशव खत्रीसहित २२ नेपाली र तीन कम्पनी नोट छपाइ घोटालामा प्रत्यक्ष संलग्न रहेको भन्दै तीन वर्षअघि २०१४ मार्च १० मै अस्ट्रेलिया सरकारले तथ्यसहित नेपाल सरकारलाई प्रतिवेदन पठाएको थियो । अस्ट्रेलिया सरकारले भ्रष्टाचार भएको तथ्यसहित सम्बन्धित व्यक्तिहरुको विवरण पारस्परिक कानुनी सहायता ऐन अन्तर्गत मागे पनि नेपाल सरकारले पठाउन आनाकानी गर्दै आएको छ। 

कानुन मन्त्रालयले विवरण पठाउनुको साटो परराष्ट्र मन्त्रालय मार्फत अस्ट्रेलिया सरकारलाई पत्र लेख्दै ‘मागेका कागजपत्र पठाउन ढिलो भयो, चाहिएको विवरण पठाउनु कि पर्दैन’ भनेर आनाकानी गर्दै आएको छ । 

अघिल्लो वर्ष सर्वोच्च अदालतले विवरण पठाउन आदेश दिए पनि कानुन मन्त्रालयले आलटाल गरिरहेको छ । जिल्ला अदालतको फैसला सदर गर्दै सर्वोच्चको पूर्ण इजलासले घटनामा संलग्नको विवरण अस्ट्रेलिया पठाउन गरेको फैसलाको एक वर्ष बित्दा समेत कार्यान्वयन नहुँदा यो भ्रष्टाचार प्रकरण ओझेलमा परेको छ।  

भ्रष्टाचारमा संलग्न र तिनका कम्पनीको बैंक खाता विवरण, व्यावसायिक नियमन विवरण, व्यवसायको सम्पूर्ण विवरण र यात्रा विवरण पठाउन अस्ट्रेलिया सरकारले पत्र नै काटेर औपचारिक आग्रह गरेको थियो । घटनामा संलग्न रहेका मेखलोर प्रालि, ग्लोबल ग्रुप प्रालि, सुपर थ्रिस्टार ग्रुप प्रालि नामक कम्पनीकोे विवरण समेतको अनुसन्धान प्रतिवेदन केन्द्रीय अनुसन्धान ब्युरोले मन्त्रालय पठाए पनि त्यो अघि बढाइएको छैन।  

‘नोट प्रिन्टिङ अस्ट्रेलिया’ को नेपाली एजेन्ट रहेका हिमालयबहादुर पाण्डेले टेन्डर दिलाउन नेपालका राजनीतिज्ञ, केन्द्रीय बैंकका अधिकारी र अन्यलाई घूस दिएको विवरण सिड्नी मर्निङ हेराल्डले प्रकाशित गरेपछि त्यहाँको सरकारले अनुसन्धान थालेको थियो।

अस्ट्रेलियाको करप्सन एन्ड क्राइम कमिसनले अनुसन्धानको जिम्मा फेडरल पुलिसलाई दिएको थियो । फेडरल पुलिसको अनुसन्धानमा त्यहाँका अधिकारीहरु जोहन लेकन भे, पिटर ह्याचिन्सन, ब्रिटी ब्रेडी, स्टीभन ओङ, ब्रेहन काल्पेज र ड्यानियल रेडलाई कारबाही थालेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

अस्ट्रेलिया सरकारले नेपाली १० रुपैयाँका पाँच करोड थान पोलिमर नोटको छपाइमा आरोपित बनाइएका नेपालीले १० प्रतिशत रकम कमिसनस्वरुप लिएको जनाएको छ। 

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०५८/०५९ मा रिजर्भ बैंक अफ अस्ट्रेलिया अन्तर्गत रहेको नोट प्रिन्टिङ अस्ट्रेलियामा प्लास्टिकका सुविधायुक्त पोलिमर नोट छाप्ने टेन्डर दिएको थियो । नोट कमसल छाप्ने र १० का नोटपछि क्रमशः २०, ५०, १००, ५०० र एक हजार दरका नोट छाप्ने ठेक्का समेत उक्त कम्पनीलाई दिलाउने सर्त थियो । यसवापत नेपाली एजेन्टसहित तत्कालीन गभर्नर तिलक रावल, मुद्रा विभाग प्रमुख उपेन्द्रकेशरी पौड्यालसहितले घूस रकम लिएको अस्ट्रेलियाको करप्सन एन्ड क्राइम कमिसनको अनुसन्धानमा देखिएको हो ।

अस्ट्रेलियाले अनुसन्धान थालेलगत्तै सहयोगका लागि २२ नेपालीको बैंक खाता र कारोबार विवरण मागेको थियो। 

काठमाडौं जिल्ला अदालतले २०७१ कात्तिक १७ मा विवरण पठाउन फैसला गरेलगत्तै पृथ्वीबहादुर पाण्डे र हिमालय पाण्डेले गोपनीयताको हक र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनविपरीत भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतको विवरण अनुसार २०७१ मंसिर २१ गते न्यायाधीश जगदीश शर्मा पौडेलको इजलासले काठमाडौं जिल्लाअदालतको निर्णय त्रुटिपूर्ण भएकाले अस्ट्रेलियालाई पारस्परिक कानुनी सहायता दिन नमिल्ने अन्तरिम आदेश जारी गरेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसपछि कानुन मन्त्रालय उक्त अन्तरिम आदेश खारेजीको निवेदन लिएर सर्वोच्च गएको थियो । मन्त्रालयको रिटमा तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्की र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले २०७३ साउन २३ मा पारस्परिक कानुनी सहायता अन्तर्गत माग भएका कागजपत्र पठाउन कुनै कानुनले नरोक्ने फैसला सुनाएको थियो । फैसलाको पूर्णपाठमा निवेदकले माग गरेका व्यक्तिगत र बैकिङ विवरण पठाउन कुनै अड्चन नरहेको उल्लेख छ । तर, फैसलाको एक वर्ष बितिसक्दा समेत सरकारले विवरण पठाएको छैन। 

अदालतले नोट प्रकरणमा भ्रष्टाचार भएको देखिए पनि अख्तियारले प्रभावकारी छानबिन गरी कारबाही प्रक्रिया अगाडि नबढाएको भन्दै सचेत गराएको थियो । अख्तियारले घटना सार्वजनिक भएलगत्तै अनुसन्धान थाले पनि केही समयपछि नै मुद्दा तामेलीमा राखेको थियो। 

कानुन मन्त्रालयका प्रवक्ता सह–सचिव डिल्लीराज घिमिरेले विवरण मन्त्रालयमा आइसके पनि माग गरेको समय निकै घर्किसकेकाले फेरि आवश्यक रहे–नरहेकोबारे अस्ट्रेलिया सरकारलाई पत्राचार गरिएको जानकारी दिए । उनले भने, ‘उताबाट कागजपत्र मागेको धेरै समय भइसक्यो । अब चाहिने हो वा होइन ? हो भने पुनः मागका लागि पत्र लेखेका छौं।’ 
मन्त्रालय स्रोतका अनुसार, अस्ट्रेलियामा भ्रष्टाचार गरेको ठहर भएका आरोपितलाई सोही देशको प्रचलित कानुन अनुसार कारबाही हुनेछ । घूस रकमका सम्बन्धमा नेपाली एजेन्टका हकमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र सरकारी कर्मचारीको हकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कारबाही प्रक्रिया थालिनेछ।

परराष्ट्र मन्त्रालयको सम्बन्धित महाशाखा प्रमुख सह–सचिव दुर्गा भण्डारी कानुन मन्त्रालयबाट पत्र आएको भए परराष्ट्रले ‘फरवार्ड’ गरेको हुनुपर्ने बताउँछन् । पत्रबारे नेपाल लाइभले सोधेको प्रश्नको जवाफमा भण्डारीले भने, ‘पत्र पठाएको भए फरवार्ड भयो होला, बाँकी हामीले पनि बुझ्नैपर्छ ।’ 

घूस रकम अमेरिका पुगेको आशंका

अस्ट्रेलियामा भइरहेको अनुसन्धानमा नेपाली एजेन्ट र सरकारी अधिकारीसहित राजनीतिक नेतृत्वले प्राप्त गरेको रकम अमेरिका पुगेको हुनसक्ने आशंका गरिएको छ।

घूस रकम नेपालमा ल्याउँदा कानुनी दायरामा परिने डरले उक्त रकम अस्ट्रेलियाबाटै अमेरिका पुगेको अनुसन्धानमा देखिएको छ । मन्त्रालय उच्च स्रोतका अनुसार, घूस रकमका सम्बन्धमा अस्ट्रेलिया सरकारले अमेरिकासँग समेत पारस्परिक कानुनी सहयोग मार्फत रकमबारे सोधखोज गर्ने तयारी भइरहेको छ।

घटना सार्वजनिक भएपछि नेपालका लागि अस्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटले व्यक्तिगत रुपमै कानुन मन्त्री तथा कानुन सचिवलाई भेटेर अनुसन्धानमा सहयोग गर्न बारम्बार आग्रह गरेका थिए । मुद्दा सर्वोच्चमा विचाराधीन रहेकै अवस्थामा समेत विभिन्न अन्तर्राष्ट्रिय फोरममा यस विषयमा चर्चा भएपछि नेपाल सरकारलाई चर्को दबाव परे पनि अन्तिम समयमा आएर सरकारले घटनाका विषयमा चासो समेत राख्न छोडेको छ। 

अस्ट्रेलिया सरकारले आरोपित बनाएका पाण्डे समूह नेपालको बैकिङ क्षेत्रको प्रतिष्ठित समूह र रावल मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका नेता तथा पूर्व सभासद रहेका कारण अनुसन्धान र प्रक्रिया लम्बिएको हो।

प्रकाशित मिति: सोमबार, भदौ १९, २०७४  ०६:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
जब ट्रक घरभित्र पस्यो... प्रहरीले दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ । बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्