सिन्धुली– हत्कडी सहित फरार भएका एक चाेर सिन्धुलीबाट पक्राउ परेका छन्।
सिन्धुपाल्चोकको बेलफीका चोरी मुद्दाका अभियुक्त लालकाजी तामाङलाई सिन्धुलीबाट प्रहरीले आज पक्राउ गरेको हाे।
उनलाई सिन्धुलीबाट पक्राउ गरी काठमाडौं ल्याउँदै गरेको काठमाडौं परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।
उनलाई २०७३ सालमा ६ लाख ९० हजारको जरिवाना र सोही रकम बराबरको कैद सजाय काठमाडौं जिल्ला अदालतले सुनाएको थियो।
उनी जिल्ला अदालतबाटै हत्कडीसहित फरार भएपछि प्रहरीले वकिल रामकुमार आचार्यलाई पक्राउ गरेको थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।