काठमाडौं– काठमाडौं जिल्ला अदालतबाट चोरी मुद्दाका एक अभियुक्त हत्कडीसहित फरार भएपछि प्रहरीले वकिललाई पक्राउ गरेको छ।
बुधबार साँझ साढे ५ बजे उच्च अदालत बार एशोसियसन पाटनका पूर्व कार्यसमिति सदस्य तथा वकिल रामकुमार आचार्यलाई अभियुक्त भएको भन्दै जिल्ला अदालत काठमाडौंको प्रांगणबाटै पक्राउ गरेको हो।
प्रहरीले अदालतमा पेस भएका अभियुक्त वकिलकै लापरबाहीका कारण फरार भएको भन्दै उनलाई पक्राउ गरेको छ। बार एशोसियसनले भने अभियुक्त भगाउन वकिलको कुनै हात नगरको भन्दै गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति समेत जारी गरेको छ।
बुधबार दिउँसो सिन्धुपाल्चोकको बेलफीका चोरी मुद्दाका अभियुक्त लालकाजी तामाङ अदालतबाट हत्कडीसहित फरार भएका थिए।
कालो टोपी, पहँलो ज्याकेट, जिन्स पाइन्ट र सेतो जुत्ता लगाएका उनको खोजी भइरहे पनि भेट्न नसकिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।