काठमाडौं– फिल्म ‘जानी नजानी’को ‘एउटीलाई मुटुमा घर’ बोलको गीत सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा अम्बिका शर्माको शब्द, अर्जुन पोखरेलको संगीत तथा दुर्गा खरेल र संगीतकार स्वयंकै अवाज सुन्न सकिन्छ भने सार्वजनिक गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्।
गीतमा फिल्मका मुख्य कलाकारहरु मनिष श्रेष्ठ, सुमी मोक्तान र नव अभिनेत्री निरिसा बस्नेतलगायतको अभिनय रहेको छ। बसन्त अधिकारीको निर्देशन रहेको फिल्म आउदो चैत्र १ गतेबाट प्रदर्शनमा आउने छ। सामिप्यराज तिमल्सिनाको कथा लेखन तथा संवाद रहेको फिल्ममा सागरकाजी मालीको लगानी रहेको छ।
फिल्ममा मनिष, निरिसा सहित सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको अभियन रहेको छ।
भिडियाे
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।