• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

\'नेतामा हुने गुण देउवा र पौडेलमा देखिएन\'

64x64
नेपाल लाइभ बिहीबार, पुस १२, २०७५  १५:४५
1140x725

मलाई (सिटौला) १४औं महाधिवेशनमा के गर्नुहुन्छ भनी प्रश्न उठिरहन्छ। १३औं महाधिवेशनमा सुशील कोइराला भएको भए उहाँलाई नै सहयोग गर्थें। उहाँको निधन भएको थियो। शेरबहादुर र रामचन्द्र पौडेलमा नेताको गुण देखिएन। त्यो नजर अहिले पनि निरन्तर छ। सभापति र वरिष्ठ नेता मानेकै छु। ‘चेयर’लाई नमान्ने कुरै भएन। तर, नेतृत्वको मूल्यांकनमा आफ्नै परिभाषा पनि होला नि त। भिजन, पोलिसी, रणनीति, कार्यनीति, जस्ता विषयहरू पर्छन् नै। उहाँहरुमा ती कुरा देखिएन।

कोही व्यक्तिमा केही न केही गुण र अवगुण हुन्छन्। ती मध्ये हामीले गुण खोज्ने हो। मौरी र झिंगा मध्ये मौरी नै रोज्नुपर्छ। एउटाले जीवन नष्ट गर्छ। अर्कोले जीवन प्रदान गर्छ। 

महाधिवेशनको मिति तय नभइकन कांग्रेसको अहिलेको ‘सिनारियो’ हेरेर कसैप्रति पनि विश्लेषण नगरौं। १४औं महाधिवेशनको तालिका जब प्रकाशित हुन्छ, त्यसपछिको वस्तुस्थितिलाई विश्लेषण गर्नुपर्छ।

‘लभ’ विवाहमा परिणत हुन नसके दुर्घटना 
महासमितिको बैठकको समापनमा दुई नेताले लभको कुरा गर्नुभयो। एकले अर्कालाई हेर्नु प्रेमको परिभाषा हो। त्योभन्दा उन्नत के हो भने विवाह हो। विवाहअघि एकले अर्काले दुईतर्फि हेरिन्छ। विवाहपछि एकै दिशामा हेर्ने हुन्छ।

लभको समस्या के हुन्छ भने त्यहाँ भावना बढी हुन्छ। कुनै पनि बेला  विछोडमा परिणत हुन सक्छ। सानो तलमाथि भयो भने मात्रै पनि भंग हुन्छ। तर, विवाह भयो भने संस्थागत हुन्छ। लभमा 'लस्ट' (तृष्णा) भयो भने बिग्रन्छ। देउवा र रामचन्द्रको लभमा लस्ट पनि जोडिएको छ कि?

दुबै नेताले हात मिलाएको विषयले तल्लो तहसम्मै उत्साह सञ्चार गर्छ। एकपटक किसुनजी र गिरिजाबाबु गोदावरीमा खाना खाई एउटै रूममा सुत्नु भएको मात्रै थियो रे। दिउँसो खाना खाएपछि दुबैको केही बेर सुत्ने बानी, त्यसैका लागि सुत्नुभएको थियो। पार्टीका विषयमा प्रभाव पर्ने कुनै कुरै भएको थिएन। त्यसले पार्टीमा के सञ्चार गर्यो भने नेताहरूले भाषण गर्न क्रममा भन्न थाले ‘गोदावरीको स्पिरिट’अनुसार। तर, गोदावरीमा केही भएकै थिएन।

 
आगामी ६ महिनाभित्रै १४औं महाधिवेशन गर्न सकिन्छ भने त्यसै अनुरुप कार्य गरौं। त्यसो हुन सकेन भने पार्टी संक्रमणकालीन व्यवस्था अनुसार अन्तरिम व्यवस्थामा जान पनि सक्छ। यो विषय केन्द्रीय कार्य समितिले निर्णय गर्ने कुरा हो। पार्टीको बृहत्तर हितको लागि हामीलाई लागेको कुरा चाँहि अब आउने वर्षको फागुनमा महाधिवेशन गर्ने गरी पार्टीका तल्लो तहका कार्य समितिकको अधिवेशन गर्नु सुल्टो कार्य हुन्छ भन्ने हो। 

अबका तीन/चार महिना सदस्यता वितरण गरी तल्लो कार्यसमितिको अधिवेशन गर्नु उपयुक्त हुन्छ। एक वर्ष कार्यकाल रहेको वर्तमान केन्द्रीय कार्य समिति महाधिवेशन तयारीमा लागि हाल्नुपर्छ। आगामी जेठभित्र 'शीघ्र महाधिवेशन' गर्न सकिदैन भने संक्रमणकालीन संगठन बनाउनुपर्छ। संक्रमणकालीन संगठन निर्माण गर्दा पनि निर्वाचनमार्फत नै चुनिनुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

विधानमा धेरै कुरा छुटेका छन्। 'कम्प्रोमाइज'को विधान हो। संघीय संरचना अनुसार बन्नुपर्ने पार्टीको विधानमा हामी अघि नै बढ्यौं, पछि फर्कने काम भएको छैन। एक प्रकारले ‘ह्याप्पी इन्डिङ’ भएको छ। 

विधानलाई ग्रहण गरे पार्टीको विचार बन्छ। ग्रहण गरिएन भने व्यक्तिगत विचार हुन्छ। संविधानको सार्थक कार्यान्वयनको नेतृत्व कांग्रेसले लिनुपर्छ। महासमितिको सन्देश पनि यही नै हो।

संविधानको ‘फुल ओनरसिप’ कांग्रेसले लिएन भने संविधान रहँदैन। संविधानभित्रका व्यवस्था हामीले बचाएर समायानूकल परिमार्जन गर्दै जाने पक्षमा कांग्रेस छ। 
गुट नभएको पार्टी हुन्न
आचरणको कुरा महत्वपूर्ण कुरा हो। किसुनजीको आचारण त लोभलाग्दो थियो नि! व्यक्ति जब पार्टीमा आबद्ध हुन्छ, अनि त्यहाँ पार्टीका इच्छाले काम गर्छ। पूर्वाग्रह देखिन्छ। पार्टीमा सबैभन्दा महत्वपूर्ण कुरा पद्धति हुनुपर्छ।

द्वन्द्वमुक्त समाज भन्नु कोरा, आदर्शवादी र हावादारी कुरा मात्रै हो। द्वन्द्व नभएको पनि पार्टी हुन्छ? गुट वा समूह नभएको पार्टी हुँदैन। गुटहरू के का आधारमा र किन बन्छन् भन्नु मूख्य कुरा हो। गुटमा आबद्धता अवसरसँग जोडिएर गिरोहमा रुपान्तरण हुँदै गएको हो। त्यो खतरापुर्ण कुरा हो। 

Xtrem

Xtrem

नक्कली मिलाप नबनोस्
महासमिति बैठकअघिका पदिृश्यहरू हेर्दा महासमिति बैठक गर्न सकिएला र? भन्ने अवस्था थियो। नेताहरूबीच संवादको तिक्तता थियो। संवादहीनता र गालीगलौज चल्दै गरेको अवस्था थियो। मर्यादा समेत बिर्सिएर आरोप-प्रत्यारोप हुने गरेको थियो। महासमिति असफलतामा टुंगिने त होइन भन्ने डर पनि थियो।

पार्टीको विधान राम्रो भएर मात्र हुँदैन, नियत पनि राम्रो हुनुपर्छ। संविधान नै नभएपनि बेलायतमा लोकतन्त्र त राम्रो छ। भारतको संविधान धेरै ठुलो छ। त्यहाँ पनि समस्या छ। नेपालको संविधानमा पनि केही सीमाहरु छन्। यस्ता केही सीमाहरु नेपाली कांग्रेसको विधानमा पनि छन्। विधान नै सबै कुरा होइन। नियत सफा भयो भने विधानमा नलेखिए पनि राम्रो परिणाम निकाल्न सकिन्छ। पार्टीहरू पनि संविधानकै अंग हुन्।

पदाधिकारी निर्वाचित नै गर्नुपर्छ भन्ने विषय संवैधानिक प्रावधान भित्रैकै व्याख्याका रुपमा बुझ्नुपर्छ। पदाधिकारी कांग्रेसमा धेरै बनाइयो तर तिनको काम, कर्तव्य र अधिकार व्याख्या गरिएन भन्ने पनि छ। पदाधिकारीहरूको काम कर्तव्य र अधिकार बाँडफाँट गर्ने कार्य हुने सभापतिको अधिकारको र क्षमताको विषय हो। पार्टी बलियो भए सभापति बलियो हुने हो। 

नयाँ विधानमा सभापति कमजोर कि बलियो भन्ने सन्दर्भमा सभापतिको स्किलमा भर पर्छ। निर्वाचित भएर आएका पदाधिकारीलाई व्यवस्थापन गर्न सक्ने/नसक्ने महत्वपूर्ण पक्ष हो। सात प्रदेशका प्रमुखलाई व्यवस्थापन गर्न पनि चुनौती छ।

महासमिति बैठक सकिँदै गर्दा नेताहरूको मन मिल्ने तर विधान उधिन्दै जाने हो भने त्यसको कुनै अर्थ हुँदैन। विधान मिच्ने काम भयो भने मन मिलाईको प्रकृति पनि अस्थायी र नक्कली हुन्छ। संकल्प भनेकै विधानकै सर्वोच्चता हो।

धार्मिक षडयन्त्रका विरुद्ध कांग्रेस उत्रिन्छ 
धर्मका विषयमा पार्टी भित्र तथा बाहिर कुरा उठेका छन्। धर्मका बारेमा संविधानमा जे उल्लेख गरिएको छ, त्यही मान्यता कांग्रेसको हो। एक थरि जो छन्, तिनिहरूलाई यो संविधान फ्याँक्नु परेको छ। संविधानले धर्म रुपान्तरणलाई रोकेको छ। धर्म व्यक्तिको नितान्त नीजि विषय हो। आस्थाका सन्दर्भमा न राज्यको भूमिका हुनु हुन्छ, न अर्को कुनै व्यक्तिको भूमिका हुन जरुरी हुन्छ। 

धर्मप्रति समान विचार राख्छौं। धर्म परिवर्तन गराउने कार्य दण्डनीय हो। सनातन धर्म संरक्षण गर्नु राज्यको दायित्व हो। धर्म रूपान्तरणको कार्यमा लागी राज्य नै कँही न कँही लागेको भान भएको छ। यस्तो धारणा बनाउन सरकारले नै बाध्य बनाएको छ। धर्म परिवर्तनका लागि देशभर जुन षड्यन्त्र भइरहेको छ,त्यसका विरुद्ध कांग्रेस उत्रन्छ। धर्मविरुद्ध लाग्ने विरुद्ध पनि कांग्रेस उत्रन्छ।

प्रचण्डको बोली अधिनायकवादी सोच 
बुधबार नेकपाका अध्यक्ष प्रचण्डले कम्युनिष्ट सरकार भएको भए ड्याम-ड्याम गर्छ भन्नुभयो। त्यो बोलीको सार हो, वर्तमान सरकार त्यही अधिनायकवादी बाटोमा जाँदैछ। प्रचण्डको बोलीले कम्युनिष्ट सर्वासत्तावादको संकेत दिएको छ। त्यसलाई रोक्न कांग्रेस जनतामा जान्छ।

वर्तमान व्यवस्थाले सरकारले जनतालाई सुविधा डेलिभर गर्न सक्दैन भनी अभिव्यक्ति दिनु गैर-जिम्मेवारी हो। संविधान र लोकतन्त्रको सीमा नाघ्न खोजिएको छ। त्यसलाई रोक्न कांग्रेस संसद र संसद बाहिर जनमत निर्माण गर्ने अभियानमा कांग्रेस लाग्छ।

प्रचण्डको बोलीले खुसी हुनुपर्ने कुरा पनि छ। किनकी, नेपालको कम्युनिष्ट आन्दोलनबाट आएको पार्टीले ‘सेट अफ स्किल’ देखाउँनै सक्दैन। महाथिर वा लि क्वान बन्छु भनेर हुन सक्ने होइन। जो सुकै कम्युनिस्ट नेताले सरकारको नेतृत्व लिएपनि  सेट अफ स्किल छँदैछैन। ५० वर्ष राज्य सञ्चालन गरेपनि तिनीहरूमा त्यो देखिन्न। 

सम्झौता गर्न सक्ने क्षमता र कानुनमा विश्वास हुनुपर्छ। कम्युनिस्ट दलमा त्यो देखिँदैन। उदाहरणका लागि कुनै ठेकेदारले समयमा काम गर्न सकेन भने कम्युनिस्टमा ठेकेदारलाई थुनिदिए हुन्छ भन्ने सोंच हुन्छ। लोकतान्त्रिक दलमा कानुनी अड्चन छन् भने त्यसलाई सुधार गरिन्छ।

(सञ्चारकर्मीसँगको भेटमा नेताद्वयले बिहिबार गरेको सम्बोधनको सम्पादित अंश)

प्रस्तुतिः लिलु डुम्रे

प्रकाशित मिति: बिहीबार, पुस १२, २०७५  १५:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा
सम्बन्धित सामग्री
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै हिजोदेखि सुरु भएको बन्द सत्रमा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरे र  कोषाध्यक्ष उमेश श्रेष्... मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार बिहान रिजालले आगामी १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिएका हुन्। मंगलबार, असोज २०, २०८३
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण र उमेदवारी दर्ता गर्दैछ । निर्वाचन समितिका सदस्य सचिव... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद मंगलबार, असोज २०, २०८३
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार, असोज २०, २०८३
लोकतन्त्र बलियो बनाउन सरकारलाई खबरदारी गर्ने नागरिक समाज आवश्यक : विमल कोइराला मंगलबार, असोज २०, २०८३
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्