कानो- बोको हरामले राखेको विद्युतीय धरापमा परेर नाइजेरियामा १३ सुरक्षाकर्मी मारिएका छन्।
मारिनेमा केही सैनिक र केही प्रहरी रहेको अधिकारीहरूले बुधबार जानकारी दिएका छन्। तर, अर्को एक श्रोतले भने मृत्यु हुनेको संख्या १८ पुगेको दाबी गरेको छ।
बोर्नो राज्यको राजधानी मैदुगुरीसँग जोडिएको राजमार्गमा सोमबार राति अबेर बोको हरामका लडाकूहरूले विद्युतीय धराप राखेका थिए।
'प्रहरी र सैनिक गरी १३ जनाको दुखद निधन भएको छ', सैन्य अधिकारीद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।