तेहरान- इरानले अफगानी तालिबान लडाकूहरुसँग वार्ता गर्ने भएको छ। वार्ताका लागि प्रक्रिया सुरु भइसकेको इरानका एक उच्च सुरक्षा अधिकारीले बताएका तास्निम समाचार समितिले बुधबार जनाएको छ।
तालिबानसँगको वार्तालाई अगाडि बढाउने अफगान सरकारलाई सूचना गरिएको इरान सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अलि शामखानीले बताए।
वार्ताको तिथिमितिलगायत विस्तृत विवरण भने अहिलेसम्म घोषणा गरिसकिएको छैन। तालिबान लडाकू समूहसँग हुन गइरहेको वार्ताको विषयमा शामखानीले अफगान उच्चस्तरीय अधिकारीहरुसँग वार्ता गरेका थिए।
काबुल भ्रमणको क्रममा बुधबार उनले वार्ता गरेकाा तास्निम समाचार समितिले जनाएकाे छ।
इस्लामिक गणतन्त्र यस देशले अफगानिस्तानको क्षेत्रीय, स्थायित्व सुरक्षा मुद्दाहरुलाई सधै सहयोग गर्दै आएको पनि शामखानीले बताए। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।