कोलम्बो– श्रीलङ्कामा आएको बाढीका कारण बुधबारसम्म दुई जनाको मृत्यु भएको छ भने अरु ८६ हजार जना प्रभावित भएका छन्।
अत्यधिक वर्षापछि आएको बाढी र पहिरोमा परि ठूलो मात्रामा भौतिक संरचनामा समेत क्षति पुगेको श्रीलङ्काको प्रकोप व्यवस्थापन केन्द्रले जनाएको छ।
प्रभावित मध्ये ११ हजार जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ भने अरुलाई पनि खोजी तथा उद्धार गरिएको अधिकारीहरूको भनाइ छ।
सोमबार वर्षा रोकिएपछि मौसमी अवस्था सामान्य भएको छ। तर, स्थानीयबासिन्दा भने फेरि वर्षा हुनसक्ने र बाढी आउने डरले प्रभावित क्षेत्रमा बस्न मानेका छैनन्।
बाढीले सबैभन्दा धेरै मुल्लाइतीभु, किल्लीनोच्ची, मान्नार, भाभुनिया र जफ्नामा असर पारेको समाचारमा जनाइएको छ।
राष्ट्रपति मैत्रीपाल सिरिसेनाले घरमा क्षति भएकाहरूलाई घर बनाउनका लागि राहत स्वरूप १४ सय अमेरिकी डलर उपलब्ध गराउन निर्देशन दिएका छन्।
त्यसैगरी अन्य प्रभावित र मृतकका परिवारलाई पनि राहतको व्यवस्था गरिएको सरकारी अधिकारीहरूले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।