काठमाडौं- कर्मचारी समायोजन अध्यादेश संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा पेस भएको छ। गत २३ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित गरेको विधेयक संसदमा बुधबार पेस भएको हो।
प्रतिनिधिसभाको बुधबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उक्त विधेयक पेस गरेका हुन्।
नेपाली कांग्रेसको सामान्य विरोधका बावजुद उक्त विधेयक पेस भएको हो। संसद अधिवेशन सुरु हुन लागेको समयमा अध्यादेश ल्याइएको भन्दै उक्त दलले विरोध गरेको हो।
उक्त विधेयक आगामी शुक्रबार राष्ट्रियसभामा पेस हुँदैछ।
उक्त अध्यादेश संघीय संसदको दुवै संसदबाट पारित हुनुपर्ने व्यवस्था छ। उक्त अध्यादेश पारित भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याउनपर्ने कानूनी व्यवस्था छ।
संघीय संसदको दुवै सदनबाट पारित भएपछि प्रतिस्थापन विधेयक पेस हुनेछ।
सरकारले आगामी माघभित्र कर्मचारी समायोजन सक्ने लक्ष्य लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।