काठमाडौं– सहिद स्मारक 'ए' डिभिजन लिगमा जावलाखेल युथ क्लबले तेस्रो जित हात पारेको छ। जावलाखेलले बुधबार भएको खेलमा मच्छिन्द्र क्लबमाथि २–१ गोलको जित हात पारेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा तीनै गोल दोस्रो हाफमा भए। ५५ मिनेटमा अर्जुन सिंहले गोल गरेर जावलाखेललाई अग्रता दिलाए। ६५ मिनेटमा फोडे फोफना अग्रता दोब्बर पारे। उनले समुनले दिएको क्रसमा गोल गरेका थिए।
खेलको अन्तिम मिनेटमा अलावाले गोल फर्काएपनि मच्छिन्द्रलाई खेलमा फर्कन ढिला भइसकेको थियो।
यता दिनको अर्को खेलमा पुछारको टिम न्युरोड टिम एनआरटी र फ्रेण्ड्स क्लबले १–१ गोलको बराबरी खेलेका छन्।
४४ मिनेटमा बबी ओगोलाले गोल गरेर फ्रेण्ड्सलाई अग्रता दिलाएका थिए। तर ७८ मिनेटमा एनआरटीले गोल फर्काउन सफल भयो। उसका लागि असिम भुसालले गोल गरे।
मच्छिन्द्रलाई हराएसँगै जावलाखेल ११ अंक जोडेर अंक तालिकाको नवौं स्थानमा उक्लिएको छ। मच्छिन्द् ६ अंक सहित १२औं स्थानमा छ। बराबरीसँगै ५ अंक जोडेको न्युरोड टिम पुछारमा यथावत छ। फ्रेण्ड्स भने ९ अंक जोडेर ११औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।