काठमाडौं– अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘आप्पा’ को पहिलो गीत ‘हावा सरर’ सार्वजनिक भएको छ।
सार्वजनिक गीतमा ड्राइभर बनेका अभिनेता राई कुहिरोको बाटोमा गाडी हुइँक्याउँदै रोमान्टिक दृष्यमा देखिएका छन्।
थुप्देन भुटिया र स्निहाश्री थापाको स्वर रहेको गीतमा अनमोल गुरुङको संगीत तथा उमेश उपमाको शब्द रहेको छ। नेपाल र भारतको सीमा क्षेत्र सन्दकपुर र आसपासका क्षेत्रमा छायांकन गरिएको गीतको भिडियोमा योजना प्रधानको कोरियोग्राफी रहेको छ।
अनमोल गुरुङको निर्देशनमा तयार आप्पाले बाबु–छोरा बिचको छोराको कथा प्रस्तुत गर्ने छ। माउन्टेन पिक्चर्स र सिनेमा आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्म जेठ २४ बाट प्रदर्शनमा आउने छ।
फिल्ममा दयाहाङसँगै तुलसी घिमिरे, अरुणा कार्की, सिद्धार्थराज तामाङ, अल्लोना काबो लेप्चा लगायतको अभिनय रहेको छ। नेपाल प्रदर्शनको एक सातापछि भारतका विभिन्न स्थानमा प्रदर्शनमा आउने निर्माण टिमले बताएकाे छ। फिल्ममा रुदेन सादा लेप्चाले लगानी गरेका छन्।
निर्देशक अनमोल कै कथा लेखन रहेको फिल्ममा शैलेन्द्र डि. कार्कीको छायांकन रहेको छ।
भिडियाे:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।