काठमाडौं- राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिइरहेका बेला प्रधानमन्त्रीले भेटवार्तामा बोलाएका छन्।
बालुवाटारमा राजपा अध्यक्ष मण्डलका नेता र प्रधानमन्त्री केपी शर्मा ओलीबीच छलफल जारी छ।
राजपा अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो चयन भएपछि प्रधानमन्त्रीसँग यो पहिलो भेटवार्ता हो।
दसैंअघि राजपा अध्यक्ष मण्डलका केही नेताले प्रधानमन्त्रीलाई भेटेर आफ्नो माग पूरा गर्न भन्दै ज्ञापनपत्र बुझाएका थिए। उनीहरूले संविधान संशोधनका लागि छठसम्मको समयसीमा दिए पनि संविधान संशोधन भने हुन सकेको छैन।
आजै दिउँसो १ बजे राजपा अध्यक्ष मण्डलको बैठकसमेत बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।