एजेन्सी– मेक्सिकोको पुएब्ला प्रान्तकी गभर्नर मार्था एलोन्सोको विमान दुर्घटनामा मृत्यु भएको छ। दुर्घटनामा एलोन्सोका पति सिनेटर राफेल मोरेनोको समेत मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छना्।
एलोन्सोले गएको डिसेम्बर १४ मा मात्रै कार्यभार सम्हालेकी थिइन्।
एलोन्सो र उनका पति मोरेनो सवार विमान पुएब्ला शहरका लागि उडान भरेको केही समयमै दुर्घटनामा परेको थियो।
४५ वर्षीय एलोन्सो पुएब्लाकी पहिलो महिला सिनेटर थिइन्। उनी मध्यमार्गी पेन पार्टीकी नेता थिइन्।
मेक्सिकोका राष्ट्रपति आन्द्रेस मेनुएल लोपेज ओब्राडोरले एलोन्सोको मृत्यु भएको पुष्टि गरेका छन्। ट्विट गर्दै ओब्राडोरले दुवै नेताका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।
उनले दुर्घटनाको कारण पत्ता लागउन एक छानबिन समिति गठन गरिने बताए।
घटनामा विमानका चालकको मृत्यु भए/नभएको पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।