जाकार्ता– इन्डोनेसियामा शनिबार भएको ज्वालामुखी विष्फोटपछि आएको सुनामीका कारण मृत्यु हुनेको सङ्ख्या सोमबारसम्ममा ३ सय ७३ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएको छ।
सुनामीका कारण दक्षिणी सुमात्रा तथा पश्चिमी जाभा क्षेत्रमा परेर हराउनेको सङ्ख्या १ सय २८ जना रेकर्ड गरिएको केन्द्रले बताएको छ।
शनिबार एकाबिहानै इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएको र त्यसलगत्तै सुनामी आएको हो।
सोही कारण पनि हराइरहेका व्यक्तिको सङ्ख्या अझै यकिन हुन सकिरहेको छैन। सुनामीका कारण मृत्यु भएका तथा घाइतेको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ।
शक्तिशाली सुनामीका कारण ठूलो क्षति भएको अधिकारीले जनाएका छन्। समुद्री तट नजिकको बस्तीको वरपरका सयौँ घर भत्किएका छन्। ती क्षेत्रमा रहेका अन्य भौतिक संरचना पनि ढलेका छन्।
यसबाट सबैभन्दा धेरै पाडेलाङ, दक्षिण लाम्पुङ र सेराङ नामका क्षेत्रमा अन्यत्रभन्दा बढी क्षति पुगेको सरकारी अधिकारीले बताएका छन्। भौगर्भिक अधिकारीले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसका कारण समुद्रमुनिको जमिनमा पहिरो गएकोले सुनामी आएको हुनसक्ने अनुमान गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।