नुवाकोट- मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा नेपाली कांग्रेस र एमाले-माओवादी गठबन्धनबीच भिडन्त हुने भएको छ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा कांग्रेसबाट केन्द्रीय सदस्य डा रामशरण महत र वाम गठबन्धनबाट माओवादीका पोलिटब्युरो सदस्य हितबहादुर तामाङ उठ्ने भएका छन्।
यस्तै प्रदेशतर्फ क्षेत्र नं १ मा कांग्रेसबाट जिल्ला कोषाध्यक्ष महेन्द्र थिङ र वाम गठबन्धनबाट माओवादीकी राधिका तामाङ तथा प्रदेश नं २ मा कांग्रेसबाट रमेशकुमार महत र वाम गठबन्धनबाट एमालेका बद्री मैनालीले उम्मेदवारी दिँदैछन्।
यस्तै प्रतिधिनिधिसभा क्षेत्र नं २ मा कांग्रेसबाट केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र वाम गठबन्धनबाट एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाले उम्मेदवारी दिने भएका छन्।
प्रदेशतर्फ क्षेत्र नं १ बाट कांग्रेस जिल्ला सभापति जगदीश्वरनरसिंह केसी र वाम गठबन्धनबाट एमालेका विदेश विभाग सदस्य केशव पाण्डेलाई उठाइने निर्णय भएको छ। प्रदेश क्षेत्र नं २ बाट कांग्रेस क्षेत्रीय सभापति जगतबहादुर तामाङ र वाम गठबन्धनबाट माओवादी जिल्ला अध्यक्ष हीरानाथ खतिवडाले उम्मेदवारी दिने निर्णय भएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।