काठमाडौं- प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले फौजदारी कानुन उल्लंघन गर्नेमाथि यथोचित कानुनी कारबाही गर्न मातहतका निकायलाई सचेत गराएका छन्।
प्रधानन्यायाधीश मिश्रले संविधान र कानुनले निर्दिष्ट गरेका विधिलाई नजितामूखी ढंगले कार्यान्वयनमा लैजान पनि सरकारी वकीलहरूको ध्यानाकर्षण गराएका थिए।
आइतबार काठमाडौंमा सूरु भएको सरकारी वकीलहरूको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश मिश्रले सरकारी वकीलहरूको व्यवसायिक तथा संस्थागत क्षमता अभिवृद्धि हुँदै गएकोमा खुसी व्यक्त गरे। न्याय सम्पादनको कामलाई अझै प्रभावकारी बनाउनुपर्नेमा समेत उनको जोड थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।