काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीको आज अपराह्न बस्ने भनिएको बैठक स्थगित भएको छ।
आइतबार बिहान पनि बैठक बसेको थियो। नेताहरुले बोल्ने क्रम सकिएसँगै अपराह्न ४ बजेका लागि बैठक बोलाइएको थियो। बैठकमा अध्यक्षद्वयले बैठकमा उठेका धारणाबारे स्पष्टीकरण दिने बताइएको थियो।
तर, बिशेष कारणले अध्यक्ष केपी शर्मा ओलि बैठकमा आउन नसकेकाले बैठक स्थगित भएको नेता झलनाथ खनालले जानकारी दिए। 'प्रधानमन्त्रीज्युको विशेष काम भएकाले उहाँ आउन सक्नुभएन', खनालले भने, 'त्यसैले बैठक स्थगित भयो।'
अर्को बैठक ११ गते बिहान ८ बजे बस्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।